नेपाल एसबिआई बैंकको करिब साढे २९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

नेपाल एसबिआई बैंकको करिब साढे २९ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल एसबिआई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको २९ लाख ४७ हजार ७५५ दशमलव ९४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । 

कम्पनीले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।