एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज चैत १२ गते, आइतबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एनएलजी इन्स्योरेन्स र सिक्लेस हाइड्रोपावरले भोली अर्थात चैत १३ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएलजी इन्स्योरेन्सले चैत २० गते, सोमबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटारमा १७ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा बिहान साढे १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, सिक्लेस हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा साधारणसभा गर्ने जनाएको छ ।