नेष्डो समृद्ध लघुवित्तद्धारा ७३.६८% लाभांश घोषणा, बोनस र नगद कति ?

नेष्डो समृद्ध लघुवित्तद्धारा ७३.६८% लाभांश घोषणा, बोनस र नगद कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २५ करोड २५ लाखको आधारमा ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँ बराबरको नगद लाभांश छन् भने कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँ बराबरको रकम पनि कम्पनीले छुट्याएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपश्चात शेयरधनीले पाउने छन् ।