बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेको छ । बुधबार नेप्से १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलब २९ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरु मध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज माया खोला हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लेभलमा बढेर प्रतिकित्ता ३२१.२० रुपैयाँ पुगेको छ ।
आज युनिक नेपाल लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया