बैंकिङ्ग समाचार, काठमाडौं ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँड गरेकोछ ।
कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा विक्री गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गरेको थियो ।
फागुन १० गतेदेखि २५ गतेसम्म विक्री गरिएको उक्त आईपीओ रितपूर्वक आवेदन दिने आवेदकहरूलाई चैत ७ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो ।
प्रतिक्रिया