बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा चैत २८ गते गर्ने भएको छ । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितीको बैकठले विजय विकास स्रोत केन्द्र गैडाकोट ८ नवलपरासीमा बिहान ११:३० बजे सभा शुरु गर्ने जानकारी दिएको हो ।
सभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले यस विजय लघुवित्त र नायाँ सारथी लघुवित्तसँग एक बराबर एक अनुपातमा मर्ज हुने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जरपश्चात विजय लघुवित्तको नामबाट कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै यी दुई कम्पनी एक आपसमा गाभिए पश्चात सर्वसाधारण र संस्थापक बीचको पूँजी संरचना मिलाउन सम्बन्धीत निकायबाट स्वीकृती लिई एफपीओ निष्कासन गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्यितारी सञ्चालक समितीलाई प्रत्याजोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते देखि २८ गते सम्म बुकक्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।
प्रतिक्रिया