समृद्धि फाइनान्सको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल नियुक्त

समृद्धि फाइनान्सको शेयर रजिष्ट्रारमा बि.ओ.के क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले चैत ६ गते देखि लागू हुने गरी पुन शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । 

अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने ,दाखिला खारेज ,नामसारी लगायतका सम्पूर्ण कार्यहरु बिओके क्यापिटल बाट हुनेछन् ।