कुमारी बैंकको ६ हजार कित्ता बढि संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको ६ हजार कित्ता बढि संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडको ६ हजार ३२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले चैत ५ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी सो संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री अघि बढाइने पनि कम्पनीले भनेको छ ।