नेप्से घेर्न गएका लगानीकर्ता पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
जी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेपाल स्टक एक्चेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला, नयन बास्ताेला, अर्जुन प्रसाद काेइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार पूँजी बजारसँग सम्बन्धित नेप्सेले गर्नु पर्ने ५८ बुँदे माग पुरा नगरको कार्य गर्न माग गर्दै नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।