बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्त र दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा स्वाभिमान लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन स्वाभिमान लघुवित्तको २० प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजनपश्चात स्वाभिमान लघुवित्तको १ हजार ५० रुपैयाँ कायम भएको छ भने हिमालयन एभरेष्टको ४०८ रुपैयाँ ७६ पैसा र प्रुडेन्सियलको ४०० रुपैयाँ ६८ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, स्वाभिमान लघुवित्तको शेयर दोस्रो बजारमा प्रतिकित्ता १ हजार २६० रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४२० रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया