बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । चैत १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा दुबै कम्पनीमा वितरणयोग्य मुनाफा भएपनि हाल लाभांश वितरण नगर्ने र सो मुनाफा जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।
यससँगै, साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको शेयरधनीहरूले यस वर्ष लाभांश नपाउने भएका छन् । साविकका यी दुई कम्पनी मर्ज भई गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन ।
प्रतिक्रिया