स्वरोजगार र समता घरेलु लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकबाट पाए सैद्धान्तिक सहमति

स्वरोजगार र समता घरेलु लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकबाट पाए सैद्धान्तिक सहमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले गत फागुन २८ गते यी दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक आपसमा मर्जरमा जान लागेका हुन् ।

समता घरेलु लघुवित्तले चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव कम्पनीले गरेको छ । बोनससँगै करसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत समता घरेलु लघुवित्तले चैत ११ गते नवौं वार्षिक साधारण सभाबाट पारित गर्दैछ ।

त्यस्तै, स्वरोजगार लघुवित्तले पनि चैत ११ गते २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गर्दैछ ।