बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
विदेशमा रहेका व्यक्तीले आफुलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेका मित्रजन तथा परिवारलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया