बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त संस्था र मिटरब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा ब्यापक बिरोध प्रर्दशन गरेका हुन् ।
'नवसामन्तीको रुपमा स्थापित लघुवित्त खारेज गर्न' माग गर्दै माइतीघरमा प्रर्दशन भएको छ । लघुवित्तीय संस्था विरुद्धको सर्घष केन्द्रीय समिति, नेपालको आयोजनामा उक्त प्रर्दशन भएको छ ।
प्रर्दशनमा लघुवित्त संस्थाहरद्धारा लगाइएको सामुहिक ऋण मिनाह गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको निर्माण गर जस्ता नारा लगाइएको छ । ५० जिल्लाबाट आएका लघुवित्त पीडितहरुले ब्यापक प्रर्दशन गरिरहेका छन् ।
उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।
प्रतिक्रिया