बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको संयोजनमा यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदैछ । ‘अर्गनाइजेसन अफ इकोनोमी को ओपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)को अनुरोध बमोजिम नेपाल राष्ट्र बैंकको संयोजनमा ‘ग्लोबल मनी विक २०२३’ मनाउन लागिएको हो ।
ग्लोबल मनी वीक युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । सन २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह ओइसीडीको संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।
यो ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ रहेको छ भने ११औं श्रृंखलाका रुपमा मनाइने यो ग्लोबल मनी विक २ं०२३ को थिम ‘प्लान यु मनी, प्लान्ट युवर फ्युचर’ रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रबर्द्धन गर्दै वित्तीय शिक्षा अभिबृद्धि गरी वित्तीय समावेशिता प्रबर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय बृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकले यस वर्ष मनाइने ‘ग्लोबल मनी विक २०२३’ हर्षोल्लासपूर्वक देशभर मनाउने जनाएको छ । सप्ताहको पहिलो दिन (चैत ६ गते) नेपाल राष्ट्र बैंकको आयोजनामा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैकिङ्ग इन्स्टिच्यु लिमिटेडको संयुक्त सहभागितामा विभिन्न विषयका वित्तीय चेतनामूलक प्रस्तुतीहरु समावेश गरी कलेजस्तरका विद्यार्थीहरुलाई समेटेर काठमाडौंमा संयुक्त वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गरिनेछ । यसरी नै नेपाल राष्ट्र बैंकको संमन्वयमा सातै दिन विभिन्न वित्तीय सचेतना सम्बन्धी कार्यक्रमहरुका साथ मनाउने सेड्युल रहेको केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया