३ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फागुन ३० गते, मंगलबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आरएमडिसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले भोली अर्थात चैत १ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा यी लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

आरएमडीसी लघुवित्तले चैत १० गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे २४ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, समता घरेलु लघुवित्तले चैत ११ गते, हिमालयन दृश्य रिर्सोट, धुलिखेलमा बिहान साढे ११ बजे नवौँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले स्वरोजगार लघुवित्तसँग मर्जरसम्बन्धित सम्पूर्ण निर्णयहरु पनि पारित गर्नेछ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चैत १६ गते बिहीबार, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।