सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिमा मिडिल तमोरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अर्थात् मंगलवार अन्तिम दिन रहेको छ । फागुन २६ गतेदेखि विक्रीमा आएको कम्पनीको आईपीओका लागि फागुन २९ गतेसम्ममा १० लाख ६७ हजार ३३० जनाले आवेदन दिएका छन् । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड २५ लाख ४ हजार १५० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ दशमलव ९४ गुणा बढी आवेदन हुन आउछ । कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा ३३ लाख ३२ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा गएका नेपालीमा ४ लाख ९९ हजार ८७५ कित्ता, सामूहिक लगानीकोषमा २ लाख ४९ हजार ९३७ कित्ता र कर्मचारीहरूमा १६ लाख ६६ हजार २५० कित्ता शेयर बाँडफाँट गरिएको हो । 

सर्वसाधारण लगानीकर्ताले यो शयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।