कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा कृषि विकास बैंक र स्वरोगजार लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले फागुन ३० गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले कृषि विकास बैंकको २ प्रतिशत र स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कृषि विकास बैंकको शेयरमूल्य २९३ रुपैयाँ १४ पैसा कायम भएको छ भने स्वरोजगार लघुवित्तको ६६३ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार, कृषि विकास बैंकको शेयर दोस्रो बजारमा प्रतिकित्ता २९९ रुपैयाँ र स्वरोजगार लघुवित्तको ८१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कृषि विकास बैंकले चैत १४ गते केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयधरनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चैत ११ गते, बिहान ११ः३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा १४ औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

यही मूल्यको आधारमा यी दुई कम्पनीको मंगलवार देखि कारोबारमा आउनेछ ।