बैंकिङ्ग समाचार, काठमाडौं ।
खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्थासँग आधिकारिक सहकार्यको गरेकाे छ । यस मार्फत ग्राहकहरूलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ ।
आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तिकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन् । यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यस सुविधा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । ग्राहकहरूलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तिब्र गतिमा प्रभावकारी बनाउँदै यो सुबिधा उपलब्ध गराईएको हो ।”
महिला लघुवित्तको किस्ता भुक्तानी ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः
१) खल्ती होम स्क्रिनमा EMI सेक्सनमा जानुपर्छ
२) महिला लघुवित्त छनौट गर्नुपर्छ
३) आवश्यक विवरण भर्ने र
४) ‘प्रोसिड टु पे’मा ट्याप गरी भुक्तानी पूरा गर्नुपर्ने हुन्छ ।
हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।
प्रतिक्रिया