साताको पहिलो दिन नेप्सेमा दोहारो अंकको गिरावट, २६.८० अंकले घटेको बजारमा कारोबार रकम सामान्य बढ्यो

साताको पहिलो दिन नेप्सेमा दोहारो अंकको गिरावट, २६.८० अंकले घटेको बजारमा कारोबार रकम सामान्य बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दाहोरो अंकको गिरावट भएको छ । आज नेप्से २६.८० अंकले घटेर १ हजार ९ सय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शुभम पावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३५२.६० रुपैयाँ पुगेको छ । 

आज गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर र हिमालयन बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७  प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ ।