आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता शेयर

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज फागुन २८ गते बाँडफाँड सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो ।

लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो । जस अनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन् । जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि, १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको थियो ।