सगरमाथा जलविद्युतको आईपीओ स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँड

सगरमाथा जलविद्युतको आईपीओ स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीमा बाँडफाँड

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले फागुन २५ गते पहिलो चरणको आईपीओ बाँडफाँड गरेको जानकारी दिएको हो । माघ ५ गतेदेखि माघ १९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा र माघ ५ गतेदेखि फागुन ५ गतेसम्म आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख २० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८०० कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो ।

स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता शेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्ता सम्म आवेदन दिने ९,५४१ जना मध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८०० कित्ता शेयर बाँडफाँड भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।