बैंकिङ्ग समाचार, काठमाडौं ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
उक्त सभामार्फत कम्पनीले कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले रू. ११ करोड ९० लाख चुक्तापूँजीको आधारमा लाभांश शेयर वितरण गरेको हो ।
साधारण सभा प्रयोजनका लागि माघ ३ गते कम्पनीले बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।
प्रतिक्रिया