बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५०.०४ अंकले घटेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से १४ दशमलव ४१ अङ्कले बढेर १ हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज नेप्सेमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब २० करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये २१३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । आज सुभम् पावर र नेपाल ईन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको शेयरमूल्यमा सबै भन्दा उच्च गिरावट भएको छ । यसको मुल्य आज ५ प्रतिशत बढिले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट्सको भएको छ । यसको आज ७ करोड ८५ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया