नेप्सेमा दुई कम्पनीको ५२ लाख बढि बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको ५२ लाख बढि बोनस शेयर सूचीकृत

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको ५२ लाख बढि बोनस शेयर सूचीकृत भएको हो । दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

प्राइम लाइफको १३% दरका कुल ३६ लाख १३ हजार ५०० कित्ता र बुटवल पावर कम्पनीको ५% दरका कुल १६ लाख २७ हजार ३७८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले शेयरबजारमा कारोबार गर्न पाउनेछन् ।