बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृति पाएको हो ।
कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले १० वर्षे अवधिको वार्षिक ११ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया