बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा दिनको १२:३० बजे शुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ २० लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट समूह क र ख अन्तर्गत रिक्त दुई सञ्चालक बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ३ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया