बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट कायमै रहेको छ । आज नेप्से ३०.७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २६.४८ अंकले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएसँगै कारोबार रकममा भने स्थिरता आएको छ । आज नेप्सेमा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९६ कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सुपर मादि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर ३२८.९० रुपैयाँ पुगेको छ ।
आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर ५१३ रुपैयाँमा पुगेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यसको आज ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया