नेप्सेमा प्रभु बैंक र साविक सेन्चुरी बैंकको १ करोड २७ लाख बढी बोनस शेयर सुचिकृत

नेप्सेमा प्रभु बैंक र साविक सेन्चुरी बैंकको १ करोड २७ लाख बढी बोनस शेयर सुचिकृत


बैंकिङ्ग समाचार काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ करोड २७ लाख भन्दाबढी बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले प्रभु र सेञ्चुरी कमर्सियल बैंकको १ करोड २७ लाख ९९ हजार ६४ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेमा अनुसार प्रभु बैंकको ६.५० प्रतिशत बोनस पछिको ८२ लाख ६० हजार ६५७ दशमलव ७१ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनसपछिको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता शेयर सूचीकृत गराएको नेप्सेले जनाएको छ । 

यी दुई बैंक एकआपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।