आई पे रेमिट र एक्सेल डेभलपमेन्ट बैंकको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
आई पे रेमिट प्रा.लि.ले आफ्नो व्यवसायिक साझेदार एक्सेल डेभलपमेन्ट बैंक (Excel Development Bank) सँगको सहकार्यमा (AML/CFT) सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

एक्सेल विकास बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारी तथा शाखा व्यवस्थापकहरुको सहभागीतामा सञ्चालित सो कार्यक्रममा सहजकर्ताको रुपमा नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक जिव मुर्ति पन्तले सम्पत्ति शुद्धिकरणको विश्वव्यापी मान्यता तथा नेपालमा सम्पत्ति शुद्धिकरण ऐन २०६५, (संशोधन २०७५) को विशेषता प्रस्तुत गरेका थिए । 

यस कार्यक्रमबाट आई पे रेमिट प्रा.लि. तथा एक्सेल डेभलपमेन्ट बैंक बिच व्यवसायिक रुपमा सहजिकरण हुनुका साथै व्यवसायिक प्रर्वद्धनमा समेत सहयोग हुन पुग्ने आई पे रेमिट प्रा.लि.का बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी गराए ।