बैंकिङ्ग समाचार काठमाडौं ।
हिमालयन बैंकको सब्सिडरी कम्पनी हिमालयन क्यापिटल लिमिटेडले ‘हिमालयन इन्क्युबेटर’ सुरु गरेको छ । प्रविधि स्टार्टअपको रुपमा ल्याइएको यसले उद्यमीलाई निःशुल्क वर्कस्पेस, तालिम र मार्गदर्शन उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यसबाट स्टार्टअपहरुले संस्थाको परामर्श र अनुसन्धान विभागबाट निरन्तरको अन्तर्क्रिया र मार्गदर्शन पाउने जनाइएको छ । स्टार्टअपहरु र उद्यमीहरुलाई कम्पनी सञ्चालनसम्बन्धी संरचनागत तालिमहरु, व्यवसायको मोडल, लगानी वृद्धिका उपाय यसले सुझाउनेछ ।
इन्क्युबेटर स्टार्टअपका माध्यमबाट उद्यमीलाई लगानीकर्ता, आपूर्तिकर्ता, ग्राहक र अन्यसँग नेटवर्क बनाउन र जोड्न प्लेटफर्म प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया