बैंकिङ्ग समाचार काठमाडौं ।
आइएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।
उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीहरूले सबैभन्दा बढी मन पराई रहेको पाइएको छ ।
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउछँ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।
प्रतिक्रिया