सिटिजन्स बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा छुट पाउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ९५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।