बैंकिङ्ग समाचार, काठमाडौं ।
शुभम पावर लिमिटेड र सुपर मादी हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । दुबै कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
शुभम पावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको १९ हजार ४२० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको ५ लाख ८० हजार ५८० कित्ता शेयर र कम्पनीका संस्थापकहहरुले लगानी गरेको १४ लाख कित्ता सहित २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ८८ रुपैयाँ ४८ पैसादेखि २६५ रुपैयाँ ४४ पैसा सम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एसपिएल (SPL) कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै सुपर मादी हाइड्रोपावरको पनि २ करोड १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहहरुले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी २१ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले प्रति कित्ता न्युनतम ९९ रुपैयाँ ८० पैसादेखि २९९ रुपैयाँ ४० पैसा सम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार हुनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एसएमएचएल (SMHL) कारोबार संकेत प्रदान गरेको छ ।
प्रतिक्रिया