बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणमा जारी

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका रू. ९७ लाख  बराबरको ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । 

कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ । १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ छिटो अवधि फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको अवधि लम्बिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको अधिकृत पूँजी १० करोड रूपैयाँ रहेको छ भने जारी पूँजी ३ करोड रूपैयाँ छ । हाल संस्थापकतर्फबाट कम्पनीमा चुक्ताभएको पूँजी २ करोड ३ लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ करोड रूपैयाँ कायम हुनेछ ।