बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस शेयर शेयरधनीहरुलाई वितरण गरेको छ । लघुवित्तको गत माघ ६ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
फागुन १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गरिदिएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांशसम्बन्धी वितरण गरेको थियो ।
लघुवित्तले साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश पाएका छन् । साथै लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ ।
प्रतिक्रिया