बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई आज फागुन १७ गते बुधबारबाट एकिकृत कारोबार सुरु गरेका छन् । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार सुरु भएको छ ।
दुवै कम्पनीको पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
हाल प्रिमियर इन्स्योरेन्सको पूँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर सम्बन्धी सम्झौता भएको मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेकाे छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार रहेका छन् । उनी साविकको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ हुन् । साविकको सिद्धार्थ इन्स्योरेन्स रहेको बबरमहलमा मर्जर पश्चात बनेको नयाँ कम्पनीको केन्द्रिय कार्यालय रहेको छ ।
प्रतिक्रिया