बिपिडब्लु लघुवित्तको आईपीओ वैदेशिक रोजगार रहेका नेपालीमा बाँडफाँट

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । 

कम्पनीले सर्वसाधारणमा जारी गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपालीमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकलाई आज आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँट गरिएको हो । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिएको जानकारी अनुसार १० कित्तादेखि एक हजार कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना आवेदकहरूमध्ये ९७० जनालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।