बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक बर्ष २०७८/७९को संचित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनश शेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वित्तिय विवरण, वासलात, लेखापरिक्षण लगायतका अन्य महत्वपुर्ण प्रस्तावहरु पारित गर्ने छ ।
बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २८ गतेदेखि चैत १७ गते सम्म बुक क्लोज हुने भएको छ ।
प्रतिक्रिया