आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा सिधै वालेटमा पाईने

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा सिधै वालेटमा पाईने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विदेशबाट पठाएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।

यो सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको बताइएको छ ।

यो सुबिधा केही समय पश्चात् लाईभ हुनेछ र लागु गरे पश्चात् ग्राहकहरुले विदेशबाट पठाएको रेमिट्यान्स सोझै आइएमई पे वालेट मै प्राप्त गर्न सक्नेछन्  ।