बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले लाभांश परिमार्जन गरेको हो । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले कुल १५ प्रतिशत लाभांश मात्र वितरणका लागि स्वीकृति पाएको छ ।
कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
अब भने कम्पनीले उक्त लाभांश परिमार्जन गरी १४ दशमलव २८५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७१४३ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया