कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक शेयर जारी, सर्वसाधारणले पनि खरिद गर्न पाउने

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक शेयर जारी, सर्वसाधारणले पनि खरिद गर्न पाउने

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले २ लाख ९६ हजार कित्ता संस्थापकतर्फको शेयर आजबाट विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. २१९ मूल्यमा विद्यमान संस्थापक शेयरधनीसँगै जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न मिल्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन ३० गते अपराह्न ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको काठमाडौं नागपोखरीस्थित कार्यालयमा पेश गर्नुपर्नेछ । 

बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रूपमा आफ्नो प्यान नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने बैंकको भनाइ छ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा बिहान १० बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।