डिस्कबर, डाईनर्स र रुपे कार्डहरु एससीटीमा आबद्ध बैंक तथा बित्तिय संस्थाका एटीएममा चल्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
डिस्कबर फाइनान्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई (NPCI) अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटी (SCT) सँग आबद्ध फाइनान्स कम्पनि, सहकारी तथा बैंकका एटीएम (ATM) हरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (NPCI) द्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी (SCT) नेटवर्क अन्तर्गतका एटीएम (ATM) हरुमा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएम (ATM) मार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएम (ATM) हरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ ।