बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू. १५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिनको लागि रू. ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ । त्यसैगरी राष्ट्र बैंकले ९१ दिनको लागि रू.३ अर्ब १३ करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ । त्यसैगरी १ वर्षको लागि रू. ७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया