आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज फागुन १५ गते, सोमबार दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आदर्श लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले भोली अर्थात फागुन १६ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारणसभामा सहभागिता जनाउन तथा यी लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

आदर्श लघुवित्तले फागुन ३० गते, गौतम भिलेज रिर्सोट, सिनागल, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ शेयर स्वाप अनुपातमा प्राप्त गर्ने, प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्राप्तिपश्चात डिप्रोक्स लघुवित्तको नामबाट एकिकृत कारोबार गर्ने, २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांंश वितरण गर्ने, साधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तले फागुन २४ गते दशौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड, पोखरामा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले अन्य उपयुक्त लघुवित्तसंग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न तथा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने गरी सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।