नेप्सेमा आज सामान्य अंकको वृद्धि, कारोबार रकम साढे २ अर्बमा स्थिर

नेप्सेमा आज सामान्य अंकको वृद्धि, कारोबार रकम साढे २ अर्बमा स्थिर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्स (नेप्से)मा कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से ४.५५ अंकले बढेर २ हजार २७ दशमलब १९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ५७.७४ अंकले घटेर २ हजार २२ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा सामान्य वृद्धि भएसँगै कारोबार रकममा पनि स्थिरता आएको छ । आज नेप्सेमा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमध्ये तिन कम्पनीहरुको शेयरमूल्यमा सबै भन्दा बढि वृद्धि भएको छ । आज विजय लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यि तिन वटै कम्पनीहरुको शेयरमुल्य ७ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो । 

आज नेप्सेमा सिटिजन्स म्युचल फण्डको शेयरमूल्यमा सबैभन्दा बढि घटेको छ । यसको शेयरमुल्य ७ प्रतिशत भन्दा बढिले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा हिमालयन डिस्टिलरीको भएको छ । यसको आज १० करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।