सगरमाथा इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १३% लाभांश प्रस्ताव पारित

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यस्तै, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौतालाई अनुमोदन र मर्जर सम्बन्धी बाँकी कार्यहरु पुरा गरी लुम्बिनी जनरललाई सगरमाथा इन्स्योरेन्समा गाभ्न अन्तिम स्वीकृत प्रदान गरेको छ ।

सभाले मर्जर सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लूम्बिनि जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर (१००:८०) कायम हूने गरी निर्धारण गरिएको शेयर आदन प्रदान अनूपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ ।

मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताब भएको छ ।