मर्जर प्रस्तावसहित नाडेप लघुवित्तले आह्वान गर्यो साधारणसभा

मर्जर प्रस्तावसहित नाडेप लघुवित्तले आह्वान गर्यो साधारणसभा

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समिति बैठकले आठौं वार्षिक साधारण सभा चैत ८ गते नौविसे एग्रो रिर्सोट, धादिङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।

आगामी दिनमा कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस वर्ष कम्पनीले लाभांश वितरण गर्ने छैन । कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति सम्झौता बदर गरेकाले अर्को कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा नगएसम्म लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले प्रस्तावित लाभांश रद्द गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा फागुन १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।