बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले लघुवित्तबाट प्रदान हुने कर्जामा पनि कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बिना धितो सामुहिक जामानीमा वा धितोका सुरक्षणमा कर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्रै लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।
यस्तो कर्जा प्रवाह गर्दा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । बुधबार एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ऋणीलाई दिने कर्जामा कडाइ गरेको हो ।
यसअघि एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिँदै आएका थिए । एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिँदा उक्त ऋण नउठ्ने समस्या बढ्दै गएपछि लघुवित्तहरु समस्यामा पर्दै आएका थिए ।
प्रतिक्रिया