राष्ट्र बैंकद्धारा लघुवित्तको लाभांश वितरणमा कडाइ

राष्ट्र बैंकद्धारा लघुवित्तको लाभांश वितरणमा कडाइ

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरुहरुको लाभांश वितरणमा कडाइ गरेको छ । बुधबार लघुवित्तहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गरेकाे हाे ।

अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस अघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनसवितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

\"\"